२. लक्ष्मण, रामचन्द्र, सुग्रीव, हनुमान, विभीषणको नाम उल्लेख भएको बताउने । पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र विभीषणलाई किन निद्रा लागेन, भन्नुहोस् ।
उत्तर: विद्यार्थीले शिक्षकबाट पाठको दोस्रो अनुच्छेद सुन्ने, त्यसपछि युद्धमा मारिने सबै उनका स्वजनहरू वा आफ्नै दाजु भतिजा र अरू अरू नातेदारहरू भएकाले मनमा पीर३.परेकाले विभीषणलाई निद्रा लागेन । पाठको अन्तिम अनुच्छेद श्रुति लेखन गर्नुहोस् । उत्तरः पाठको अन्तिम अनुच्छेद कक्षामा शिक्षकबाट सुन्ने र विद्यार्थीले शुद्धसँग लेख्न कोसिस गर्ने ।
४. तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस्ः
अहङ्कार, हड़प्नु सर्वाधिक परास्त आग्रह, पक्षपाती, अधीनस्थ हस्तान्तरण,
अनुकरणीय उत्तर: दिइएका शब्दहरू विद्यार्थीले शुद्धसँग उच्चारण गर्ने, उच्चारण गर्न नसके शिक्षकको सहयोग लिने ।
५. तलका शब्दको अर्थ भन्नुहोस्:
प्रहर, स्वजन, दुर्दशा, ताजा, स्मृति, नित्यकर्म, योग्य, कलङ्क, प्रतीक्षा, अविस्मरणीय, कार्यभार, आदर्श उत्तरः प्रहर:दिन र रातलाई आठ भाग लगाई आउने समय (तीन घन्टाको समय, याम
स्वजन:आफ्ना परिवारका मानिस, नातेदार
दुर्दशा:आपद् विपद् परेको अवस्था, खराब हालत
ताजा: आलो, बासी नभएको
स्मृति: सम्झना, हेक्का
नित्यकर्म: दिन दिनै गरिने काम
योग्य: राम्रो सिप वा क्षमता भएको योग्यता हुने, जान्ने, सिपालु, लायक
कलङ्क:दोष, कसुर, अपजस
प्रतीक्षा: कुनै कुराको आशामा रहेको पर्खाइ, बाटो हेराइ
अविस्मरणीय: बिर्सन नमिल्ने
कार्यभार: कामको भार, कामको जिम्मेवारी
आदर्श: विचार, सिद्धान्त, व्यवहार, आनीबानी, स्वाभाव वा रूपरङ्ग आदिको अनुकरणीय पक्ष
६.
लक्ष्मणको चरित्र तपाईंलाई कस्तो लाग्यो ? पाठका आधारमा भन्नुहोस् । उत्तर : अयोध्याका राजा दशरथकी कान्छी पत्नी सुमित्राका पुत्र तथा रामका भाइ लक्ष्मणको • चरित्र मलाई निकै आकर्षक र अनुकरणीय लाग्यो । उनी यस कथामा आफ्नो अलग्गै पहिचानका साथ देखा परेका छन् । आफ्ना परम पूज्य दाजु रामचन्द्र र भाउजूको अहोरात्र सेवामा खटिने प्रण गरेका लक्ष्मणले आफ्नो वचन पुरा गरेका छन् । लड़का विजय पश्चात् दाजु भाउजू विनाभय र विनाशङ्का आनन्दसँग निद्रामा परे पनि उनी नसुती सुरक्षामा खटिरहन्छन् । उनी नि:स्वार्थी र विवेकशील भाइका रूपमा देखा पर्छन् । विवेकशील भएकै करण रावणसँगको युद्धमा लड्दा रावणकै सहोदर भाइ भए पनि सत्य र न्यायका पक्षमा लागेर हरतरहले सहयोग गर्ने विभीषणलाई लड़का विजय पश्चात् त्यहाँको राजा बन्ने प्रस्ताव गर्दछन् । यदि उनी विवेकशील नभएका भए विभीषणलाई पक्कै पनि लङ्काको राजा बन्ने प्रस्ताव गर्ने थिएनन् । उनमा कर्तव्य बाहेक कुनै स्वार्थ थिएन। विभीषणले राजा बन्न नमानेपछि विजेताका नाताले रामचन्द्रलाई लङ्काको राजा बन्न आग्रह गर्छन् । यदि उनी साँच्चिकै स्वार्थी र बिवेकशील नहुँदा हुन् त दाजुलाई लङ्काका राजा बन्न आग्रह गर्ने थिएनन् । उनी स्वर्णमय लङ्का देखेर अवश्य लोभिएका छन् । तर उनको भित्री आशय राजगद्दीमा बस्ने लालसा र आफू मालिक बन्ने पटक्कै थिएन । उनको चरित्रमा देखिने भलादमीपन, नम्रता अनुशासन स्वार्थरहित भावना र विवेकशीलता जस्ता कुरा साँच्चिकै अनुकरणीय छन् । त्यसैले उनको चरित्र मलाई आदर्शे आदर्शले भरिपूर्ण र अनुकरणीय लाग्यो |
७.तपाईंले सुनेको कुनै पौराणिक कथा छोटकरीमा सुनाउनुहोस् ।
उत्तर:. दुष्यन्त र शकुन्तलाको भेट दुष्यन्त राजालाई एकपटक सिकार खेल्न मन लाग्यो । उनले मन्त्रीलाई बोलाएर सिकार खेल्न जाने प्रबन्ध मिलाउन अह्राए । मन्त्रीले सिकार खेल्न जाने प्रबन्ध मिलाएपछि राजा दुष्यन्तको यात्रा सुरु भयो । उनीले निकै लामो यात्रा पार गरेर कण्व ऋषिको आश्रममा पुगे । चारैतिर जङ्गलै जङ्गल अनि नजिकै कलकल गरी बगिरहेको नदी र चराचुरुङ्गी तथा मृगशावकहरूको आवागमन निर्बाध रूपमा देख्न पाउँदा राजा हर्ष विभोर भए । उनी कण्वको आश्रममा बास बसे । त्यस क्रममा उनलाई कण्व ऋषिले पालेकी शकुन्तलाले खुबै सत्कार गरिन् । दुष्यन्त उनको रूपरङका साथै विनयशीलता देखेर मोहित भए । उनले भने “ए रूपवती, तिमी यहाँ के गरेर बस्छ्यौ ? यस्तो जङ्गलमा बस्दा तिमीलाई डर लाग्दैन ?" राजाको यस्तो प्रश्न सुनेर शकुन्तला सुरुमा त अक्कनबक्क भइन् । उनले मनमनै सोचिन् “होइन, यिनले मेरा बारेमा किन यति धेरै चासो राखेका होलान् । आफू राजा हुँ भन्छन्, दरबारमा बस्ने मानिसको चाला के हो ? मैले बुझ्नै सकिनँ ।" शकुन्तला घोत्लिएको देखेर राजाले सोधे, “ए रूपवती के सोचिरहेकी छ्यौ ? मेरो जवाफ त दिइनौ त ।" शकुन्तला निद्राबाट बिउँ ॐ गरी एकछिन चुप लागिन् । गम्भीर भएर भनिन्, “म पिता कण्वको आज्ञामुताबिक फुलको रेखदेख गर्ने, खाना बनाउने तथा पक्षी र मृगका शावकहरूको हेरचाह गर्छु । मलाई कसैको डर लाग्दैन ।”
शकुन्तलाका कुरा सुनेर राजा छक्क परे । यस्तो जङ्गलका बिचमा यस्ती 'रूपवतीको बिहे त पक्कै भएको छैन होला भन्ने लागी राजाले सोधे, “ए रूपवती तिम्रो नाम के हो ? तिम्रा दाजुभाइ कति छन् ?" शकुन्तला राजाको प्रश्न सुनेर केही अकमकिइन् । उनले जवाफ दिनै पन्यो भनी मन दरो बनाउँदै भनिन्, “मेरो नाम शकुन्तला हो । म कण्व ऋषिकी एक्ली छोरी हुँ । मेरा कुनै दाजुभाइ वा दिदीबहिनी छैनन् । मेरो सर्वस्व भन्नु नै मेरा पिता कण्व हुनुहुन्छ ।”
८: पाठका अनुच्छेदहरू पालैपालो पढ्नुहोस् ।
उत्तर: पाठका अनुच्छेदहरू शिक्षकको उपस्थितिमा विद्यार्थीले पालैपालोसित पढ्ने|
९.पाठको चौथो अनुच्छेद पढी तलका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) लक्ष्मणका मनमा के-के कुरा ताजा भएर आए ?
उत्तर: लक्ष्मणका मनमा बाल्यकालदेखिका एक-एक कुरा ताजा भएर आए ।
(ख) लक्ष्मणका दाजु र भाइहरूको नाम के-के थियो ?
उत्तर: लक्ष्मणका दाजुको नाम रामचन्द्र र भाइहरूको नाम भरत, शत्रुघ्न थियो ।
(ग)राम र सीताको बिहे कसरी भएको थियो ?
उत्तर: जनक राजाको दरबारमा रहेको शिवधनु सजिलै उचालेर राम र सीताको बिहे भएको थियो।
(घ) लक्ष्मण केमा हराइरहेका थिए ?
उत्तर : लक्ष्मण आफ्नै विगतका स्मृतिमा हराइरहेका थिए ।
(ङ) लक्ष्मणसँगै को उठे ?
उत्तर : लक्ष्मणसँगै विभीषण उठे ।
१०.पाठको दसौँ अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदाहरू टिप्नुहोस् ।
उत्तर:(क) लक्ष्मणले केही भन्न खोज्दै गर्दा विभीषणले यस राज्यको शासन गर्न योग्य
(ख) नभएको बताएका, विभीषणलाई आफू राजा हुन नचाहेको र पराइ गुहारेर आफन्त मारेका
कलङ्क बोक्न नचाहेका, लङ्काको राजा हुने हक तपाईंकै हो भनी विभीषणले बताएका,
(ग)लङ्काको राजा हुने हक तपाईंकै हो भनी विभीषणले बताएका,
(घ) आफू सहयोग गर्न तयार रहेको कुरा जनाएका ।
.११. तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : देउडा नेपालको पश्चिमी पहाडी क्षेत्रको अति लोकप्रिय नृत्यगीत हो । त्यहाँ देउडाका नृत्य र गीत र दुवै प्रचलित छन् । नृत्यलाई देउडा खेल वा न्याउले खेल पनि भनिन्छ । यस नृत्यमा सहभागी हुनेहरू कुममा कुम जोडेर हात जोल्ट्याई सामूहिक तालमा खुट्टा अघिपछि गरेर मन्द तालमा नृत्य गर्छन् । यस नृत्यका साथ कुनै बाजा बजाइँदैन । नृत्यमा पुरुष र महिला तथा बालबालिकाहरू बेग्ला बेग्लै नृत्य गर्न सक्छन् वा एकै ठाउँमा मिसिन पनि सक्छन् । एउटा ठुलो आँगनमा जम्मा भएर देउडा खेल्नेहरू मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् र कुनै गीत सामूहिक रूपमा दोहोऱ्याउँछन् । अथवा गीतमा नै सबाल जबाफ गर्छन् । देउडामा ए भिनाजु ए साली, मेरी बौजु छमक्क छमक्क, लौ बिरी छम छम आदि थेगोको प्रयोग हुन्छ । नृत्यमा सहभागी हुनेहरूले खास किसिमको सिँगारपटार गर्नु पर्दैन । देउडा नृत्यका अवसरम गरिने सबाल जबाफलाई भिट्टा गर्नु भनिन्छ । भिट्टा गर्दा गीतमा नै गाउँ खाने कथा भने जस्तै गौंडो थापिन्छ र गौंडो फुकाइन्छ । (चूडामणि बन्धु नेपाली लोक साहित्य)
प्रश्नहरू
(क) देउडा कस्तो गीत हो ?
उत्तर: डेउडा नेपालको पश्चिमी पहाडी क्षेत्रको अतिलोकप्रिय नृत्यगीत हो ।
(ख)देउडा कहाँ प्रचलित छ?
उत्तर: डेउडा नेपालको पश्चिमी पहाडी क्षेत्रमा प्रचलित छ।
(ग) देउडा कसरी नाचिन्छ ?
उत्तर: देउडा खेल वा नृत्यमा सहभागी हुनेहरूबाट कुममा कुम जोडेर हात जोल्ट्याई सामूहिक तालमा खुट्टा अघिपछि गरेर मन्द तालमा नाचिन्छ ।
(घ) देउडा नृत्यमा को-को सहभागी हुन्छन् ? उत्तर: देउडा नृत्यमा पुरुष, महिला, बालबालिका सहभागी हुन्छन् ।
(ङ) देउडामा कुन-कुन थेगोको प्रयोग हुन्छ ? उत्तर: देउडामा ए भिनाजु, ए साली, मेरी भाउजू बौजु छमक्क छमक्क, लौ बिरी छमछम आदि थेगोको प्रयोग हुनेछ ।
१२.तलका शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस्:
स्मृति, आग्रह, योग्य, कलङ्क, कार्यभार
उत्तरः स्मृति -ऐतिहासिक जनआन्दोलन२०६२/०६३ को स्मृतिमा नेपालका धेरै ठाउँमापार्कहरू बनाइएका छन् ।
आग्रह-लक्ष्मणले रामचन्द्रलाई सुनै सुनले बनेको लड्काको राजा हुन आग्रह गरे।
योग्य -रामचन्द्रसँग लक्ष्मणले आफू लड्काको राजा हुन योग्य नभएको बताए ।उत्तरः स्मृति -ऐतिहासिक जनआन्दोलन२०६२/०६३ को स्मृतिमा नेपालका धेरै ठाउँमापार्कहरू बनाइएका छन् ।
आग्रह-लक्ष्मणले रामचन्द्रलाई सुनै सुनले बनेको लड्काको राजा हुन आग्रह गरे।
योग्य -रामचन्द्रसँग लक्ष्मणले आफू लड्काको राजा हुन योग्य नभएको बताए ।कार्यभार- विभीषणले रामचन्द्रको अनुरोधमा लड्काको राजा भई शासन गर्ने कार्यभार सम्हाले।
१३.पाठका एघारौं र बारौं अनुच्छेदको अनुलेखन गर्नुहोस् ।
उत्तर: पाठका एघारौं र बारौं अनुच्छेद विद्यार्थीले शिक्षकले भनेको सुनेर शुद्धसँग अनुलेखन गर्ने।
१४.तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्
(क)लक्ष्मणका विचारमा रावणको दुर्दशा हुनुको कारण के हो ?
उत्तर:रावण लङ्काको राजा र त्रेतायुगमा साधु तथा सज्जनलाई पीडा दिने एक खलपात्र थियो । उसले अनेकौं अनैतिक कामहरू गरेको थियो । युगकै वीर पुरुष र वैज्ञानिक भए पनि संसारमा मभन्दा ठुलो कोही छैन भन्ने घमन्ड उसमा थियो । उसमा लोभ तथा लालच बढ्दै गएको थियो।उसमा कुबुद्धि पलाएकाले सीताजीको अप गर्यो । अर्काको श्रीसम्पत्ति हडप्न समेत ऊ उद्यत देखियो । लक्ष्मणका विचारमा रावणका यिनै गलत क्रियाकलापहरू नै।उसको दुर्दशा हुनु कारण हो ।
(ख) विभीषण काविचारमा रामले किन अयोध्या नगई लङ्कामै राज गर्नु उपयुक्त थियो?
उत्तर:रावणका भाइ विभीषण सत्य र न्यायका पक्षपाती थिए । युद्धमा आफ्ना दाजुहरू, भतिजाहरू र थुप्रै आफन्तहरू मारिएका कारण उनी चिन्ताग्रस्त थिए। रामका पक्षमा लागेर यद्ध लडेका विभीषणलाई, लक्ष्मणले लङ्काका राजा बन्न प्रस्ताव गर्दा उनले रामले नै राजा बन्न उपयुक्त हुने तर्क अघि सारे। उनका विचारमा लडाईमा जितेको भूभाग स्वतः विजेताको हुने भएकाले लड्काको अधिपति हुने हक पनि रामकै हुन्छ । अयोध्यामा भरतले राज्य गरिरहेकाले आफूले जितेको राज्यको राजा हुनु रामचन्द्रका लागि स्वाभाविक हुन्छ । विजेताहरूका हिसाबले र न्याय तथा परिस्थितिका हिसाबले पनि रामले अयोध्या नगई लड्ङ्कामै राज गर्नु उपयुक्त थियो ।
(ग) लङ्का सहर कस्तो थियो?
उत्तर:लड्का सहर समुद्रको किनारमा थियो । लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य त्यसबेला कहीं थिएन । लङ्का सहर सुनैसुनले बनेको थियो । घरहरू सूर्यको किरण पर्दा टलक्क टल्कन्थे । लड़का सहर साँच्चिकै सुन्दर र अनुपम थियो । रावण स्वयम् वैज्ञानिक र मिहिनेती समेत भएकाले त्यस सहरलाई सुन्दर र समृद्ध बनाएको थियो।
(घ)के कारणले रावणको हार भएको हो ?
उत्तर:रावण अत्यन्त घमन्डी थियो । उसले सत्य र न्यायका पक्षपाती विभीषणको सल्लाहलाई कत्ति पनि वास्ता गरेन । सीताको हरण गर्ने जस्ता जघन्य अपराध उसले गर्यो । युगकै वीर र वैज्ञानिक भएर पनि घमन्डी, लोभी, लालची र सीताको अपहरण जस्तो अत्यन्त घृणित कार्यको फलस्वरूप उसको सारा वैभव, शक्ति र जीवनसमेत समाप्त भयो । वास्तवमा रावणको कुबुद्धि र तदनुरूपको कारण रावणको युद्धमा हार भएको हो । त्यसै गरी अर्काको सम्पत्ति हडप्नु र आफ्नै भाइ विभीषणको साथ नपाउनु पनि रावणको हारको कारण हो ।
(ङ)रामराज्यको अर्थ के हो?
उत्तर:रामराज्यको अर्थ असल राज्यव्यवस्था हो । लङ्का विजय पश्चात् राम, लक्ष्मण र सीता अयोध्या फर्केर राम अयोध्याको राजा भएपछि उनले सदैव जनताको निर्णयलाई आत्सात् गरे । उनले शासन गर्दा असल र आदर्श शासनको परिचय दिए । उनको शासन व्यवस्था अरूका लागि अनुकरणीय बन्यो । अर्थात् जनताको भावनाअनुसार शासन गर्दै जनतालाई सुख, शान्ति र समृद्धिको बाटोमा डोन्याउने काम रामले आफ्नो शासन कालमा गरे । उनको शासन काल जनताले चाहेको जस्तै थियो । त्यसैले रामराज्यको अर्थ रामले शासन गरेको जस्तो असल राज्यव्यवस्था हो ।
१५. सुन्दर र सम्पन्न लड़काको राजकाज छाडेर किन राम अयोध्या फर्किए ? कथाका आधारमा विवेचना गर्नुहोस्।
उत्तर:लङ्काको सेफल विजय पश्चात् रामलाई आयोध्याको राजा बनाउन उनका भाइ लक्ष्मण र विभीषणले निकै प्रयत्न गरे । विभीषणले त विजेताले नै शासन गर्नु स्वाभाविक मानिने र प्राकृतिक नियम पनि हो भनी बलिया तर्क अघि सारे । अर्कातिर लक्ष्मणले सुनैसुनले बनेको लङ्काको राजकाज समाल्न आफ्ना दाजु रामलाई विनम्र अनुरोध गरे । उनले स्वर्ग समान लड्काको राजा हुनुपर्छ भनी रामलाई निकै नै सम्झाए परन्तु राम एक देशभक्त र मातृभक्त व्यक्ति भएकाले उनले लङ्काको राजा हुन अस्वीकार गरे ।
•रामका विचारमा सुखैसुखको नाम स्वर्ग हो र त्यसको स्वर्गीय आनन्द सुन्दर, समृद्ध लड़का राज्यमा पाउन सकिने पर्याप्त सम्भावना रहे पनि संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । जननी र जन्मभूमि स्वर्गभन्दा महान् हुन् । त्यसैले जन्मभूमिलाई चटक्कै भुल्नु र लत्याउनु राम्रो होइन । सुख सुविधाका पछि लागेर जन्मभूमिलाई लात हान्नेहरू असल मान्छे हुन सक्दैनन् । त्यसैले लङ्कामा जतिसुकै वैभव भए पनि र आफूले जितेर पाएको भए पनि मेरा लागि अयोध्याभन्दा प्यारो हुन सक्दैन भन्दै भाइ लक्ष्मणसँग देशभक्ति र मातृभक्तिप्रतिको असीम श्रद्धा रामले प्रकट गरे ।
राम एक देशभक्त व्यक्ति भएकाले उनलाई लड्काको वैभव, सुख तथा ऐश्वर्यले कत्ति पनि आकर्षण गर्न सकेन । उनमा आफ्नो जन्मभूमिप्रति असीम आस्था र श्रद्धा थियो । दुःखै भए पनि आफ्नै जन्मभूमि प्यारो हुने र त्यहीं स्वर्गीय आनन्द प्राप्त गर्ने सकिने कुरामा उनलाई पूर्ण विश्वास थियो । त्यही कारणले सुन्दर र सम्पन्न लङ्काको राजकाज छोडेर राम अयोध्या पर्किए।
१६.सप्रसङ्ग व्याख्या गर्नहोस्:
(क)यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रो पक्षमा थिए ।
उत्तर:माथि दिइएको विशिष्ट एवम् भावपूर्ण गद्यांश कक्षा दसको नेपाली किताबको 'जन्मभूमि' शीर्षकको पौराणिक कथाबाट साभार गरिएको हो । अयोध्याका आदर्श राजा रामले रावणलाई युद्धमा परास्त गरी विजय प्राप्त गरेपछि उनका भाइ लक्ष्मण ज्यादै खुसी भएका थिए। अपहरणमा परेकी भाउजू सीता मुक्त हुनु र लङ्कामाथिको विजय नै लक्ष्मणका लागि खुसीका विषय बनेका थिए । त्यस युगकै सर्वाधिक वीर भनेर चिनिएका इन्द्रजितलाई समेत उनले युद्धमा पराजित गरेका थिए । यी सबै कुराले खुसी मान्दै गरेका लक्ष्मणलाई रावणले मर्ने बेलामा आफ्नो बहादुरीको प्रशंसा गरेको सम्झेर उनी झनै खुसी भएको सन्दर्भ उल्लेख गर्ने क्रममा उक्त अंश प्रस्तुत गरिएको हो ।
रावण युगकै वीर र विद्वान् पनि थियो । घमन्ड, लोभ, लालच र अनैतिक क्रियाकलापका कारण उसले दुर्दशा बेहोर्नु पयो । राम र लक्ष्मणमा भएको अद्भुत शक्ति र सामर्थ्य पहिचाहन गर्न सक्ने खुबी उसमा थियो । राम र रावणको युद्धमा रामले मात्रै जित्ने सम्भावना कम थियो । त्यस युद्धमा रावणका पक्षमा युगकै सर्वाधिक वीर पुरुष मानिएका इन्द्रजित थिए । उनको बल र सामर्थ्य अद्वितीय थियो । त्यस्ता पुरुषलाई लक्ष्मणले पराजित गरेका थिए । यसको मूल्याङ्कन रावणले गरेको थियो । सारा लोकले राम र रावणको युद्धमा रामले जितेको कुरा सहजै गर्छन् तर उनका साथमा इन्द्रजित जस्ता शक्तिशाली व्यक्तिलाई पराजित गर्ने लक्ष्मण नभएका भए युद्ध जित्न रामलाई सजिलो थिएन ।
यसरी रावणले लक्ष्मणमा भएको विशिष्ट र अद्वितीय सामर्थ्यको यहाँ प्रशंसा गरेको पाइन्छ । यहाँ बहादुरीको प्रशंसा र त्यसको सही मूल्याङ्कनलाई आकर्षक भाषाशैलीमा प्रस्तुत गरिएको छ । अप्रत्यक्ष रूपमा रामभन्दा लक्ष्मणलाई शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको छ । यही आशय बुझेर लक्ष्मण अत्यन्त हर्षित भएको भावलाई उक्त अंशमा
प्रस्तुत गरिएको पाइन्छ।
(ख)मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् ।
उत्तर:उत्तर: माथि दिइएको अत्यन्त सारगर्भित भनाइ कक्षा दसको नेपाली पुस्तकं अन्तर्गत 'जन्मभूमि' शीर्षकको पौराणिक विषयवस्तुमा आधारित कथाबाट उद्धरण गरिएको हो । रामका भाइ लक्ष्मण सुनैसुनले बनेको सुन्दर लङ्का सहर देखेर ज्यादै लोभिए । उनले दाजु रामलाई यस्तो वैभवले भरिपूर्ण लङ्काको राजा भई स्वर्गीय आनन्द लिन अनुरोध गरे । भाइको यही अनुरोधलाई जवाफ दिने क्रममा रामले उक्त अंश भनेका हुन्
शास्त्रमा वर्णन गरिएअनुसार स्वर्गमा सुखैसुख छ । मरेपछि मानिसहरू स्वर्ग जाने चाहना गर्छन् । राम संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो भन्ने विचार अघि सार्दछन् । अर्थात् उनलाई स्वर्गीय आनन्द पाउने लङ्काको राजा हुनुभन्दा आफ्नै जन्मभूमि उनलाई उत्तम लाग्छ । उनले आफूलाई जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् भनी बताएका छन् । निश्चय नै जन्म दिने आमा सबैका लागि आदरणीय हुन्छन् । आमाप्रति कुनै पनि सन्तानले घृणा गर्न सक्दैन । त्यस्तै आफ्नो जन्मभूमि पनि सबैका लागि महान् र प्यारो हुने गर्छ । जुन धर्तीमा मानिस जन्म्यो, हय, ताते गर्दै तोते बोली बोल्न सिक्यो, त्यसले आफ्नो जन्मभूमि कहिल्यै बिर्सन सक्दैन । विदेशमा गएर जतिसुकै वैभवपूर्ण जीवन बिताउन पाए पनि आफ्नो जन्मभूमिको मायाले मानिसलाई सताइरहन्छ । त्यसैले जन्म दिने आमा र जन्मभूमि हरेक मानिसका लागि प्यारो र महान् हुन्छन् । यहाँ रामले जननी र जन्मभूमिको महिमा प्रस्तुत गरेका छन् । जननी र
जन्मभूमि हरेक मानिसका लागि श्रद्धा र सम्मान गर्नैपर्ने महान् वस्तु हुन्
यिनलाई एउटा असल सन्तानले सधैँ सम्मान गर्छ । यिनको सम्मान गर्न
नसक्ने व्यक्ति असल हुनै सक्दैन । अतः उक्त अंशमा जननी र जन्मभूमिप्रति प्रेम र श्रद्धा भावलाई रामका माध्यमबाट सशक्त रूपमा प्रस्तुत गरेको पाइन्छ।
0 Comments